इरानको समग्र सैन्य रणनीति नै वार्ता अवरुद्ध हुनुको प्रमुख कारण

Spread the love

अमेरिकाले इरानलाई ऊर्जा उत्पादनका लागि आवश्यक परमाणु इन्धन सधैं निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरेको थियो।तर अमेरिकी पक्षका अनुसार त्यस्तो प्रस्ताव राखिए पनि इरान आफ्नो आणविक कार्यक्रम रोक्न तयार भएको थिएन। विश्लेषकहरूले इरानले केही प्राविधिक सर्तहरू स्वीकार गर्न संकेत देखाए पनि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्ने अवस्था कमजोर रहेको बताएका थिए।

आणविक कार्यक्रम मात्र नभई इरानको समग्र सैन्य रणनीति नै वार्ता अवरुद्ध हुनुको प्रमुख कारण बनेको ठानिएको थियो। विशेषगरी ब्यालेस्टिक मिसाइल विकास रोक्न र मध्य–पूर्वमा सक्रिय अमेरिका तथा इसराइल विरोधी समूहहरूलाई दिइँदै आएको सहयोग अन्त्य गर्न अमेरिकाले राखेका सर्तहरू इरानले अस्वीकार गरेको थियो। इरानी विश्लेषकहरूका अनुसार आफूलाई खाडी क्षेत्रको प्रमुख शक्ति ठान्ने इरानका लागि त्यस्ता सर्त स्वीकार गर्नु आफ्नो रणनीतिक प्रभाव गुमाउनु सरह हुने भएकाले त्यसलाई अस्वीकार गरिएको थियो।