जेनजी आन्दोलन केवल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन मात्र गरिएको प्रमाणित-डा सुरेन्द्र केसी
काठमाडौँ । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले संसद् पुर्नस्थापनासम्बन्धी मुद्दा विचाराधिनमा राखिएकोमा प्रश्न उठाउँदै न्यायाधीशहरूमाथि टिप्पणी गरेका छन्। बुधबार ‘रुपान्तरित कांग्रेस र अबको गन्तव्य’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटा मुद्दा फैसला गर्न ६० वर्ष लाग्ने गरेको बताउँदै न्यायाधीशहरू दण्डणीय भएको धारणा राखे।केसीले भने, “न्यायाधीशहरू दण्डणीय छन्। कुनै एउटा मुद्दा फैसला गर्न ६० वर्ष लाग्ने कुरा कल्पना गर्न सकिँदैन। १०–१५ वर्ष अगाडि कुनै मुद्दा छैनथ्यो। यो संसद् पुर्नस्थापनाको मुद्दा अहिले विचाराधिन छ, तर त्यसलाई विचाराधिनमा राख्नुपर्ने कुनै कारण छैन। यहाँ जनताको रिस छ।”उनले राजनीतिक कुशासन र अव्यवस्थाबाट उत्पन्न अप्ठ्यारो परिस्थितिलाई जेनजी आन्दोलनसँग जोडेर प्रचार गर्नु भ्रम भएको बताए। “जेनजी आन्दोलन भनेको भ्रम हो। यो जेनजीको कुरा होइन। जे राजनीतिक कुशासन र अव्यवस्थाले हामीलाई अप्ठ्यारोमा पारेको थियो, त्यसको विरुद्धको विष्फोट हो यो, जसलाई कसैले टेक अफ गर्यो आफ्नो टाउकोमा खन्यायो।”
विश्लेषक केसीले जेनजी आन्दोलन केवल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन मात्र गरिएको प्रमाणित भएको र त्यसका कारण ५० खर्बको क्षति स्वीकार्य नहुने तर्क राखे। उनले प्रश्न उठाए, “केपी ओली हटाउने बाहेक यसको केही लक्ष्य थियो भने त्यसको रोडम्याप के हो? चुनावभन्दा अर्को केही देखिएको छैन। संविधान, अदालत, राष्ट्रपति, सबै संरचना त्यही छन्। त्यो विद्रोहको औचित्य कहाँ छ?”
