चिन सरकारले नेपाललाई ४० लाख अमेरिकी डलरको आर्थिक सहयोग दिने
काठमाडौँ – आगामी चुनावका पूर्वसन्ध्यामा चीन सरकारले नेपाललाई ४० लाख अमेरिकी डलरको आर्थिक सहयोग दिने भएको छ। उक्त अनुदान स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेखित बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा अनुमोदन गर्ने निर्णय पनि गरेको छसाथै, काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम हेर्ने जिम्मेवारीसहित उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष नियुक्त गर्ने निर्णय पनि भएको छ।बैठकले बीमा ऐन, २०७९ को दफा १४० अनुसार कसुरसम्बन्धी मुद्दामा कारबाही गर्ने र किनारा गर्ने जिम्मेवारी जिल्ला अदालतलाई दिने, साथै आगामी १ वैशाख, २०८३ देखि चैत मसान्तसम्मका सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ।प्रवक्ता अर्यालले यसैगरी जेनजी परिषद् गठन गर्ने निर्णय पनि भएको जानकारी दिएका छन्।
