अहिले सम्म असाहायको काम गरे अब देश र जनाको लागि समर्पित भएर काम गर्न चाहान्छु -मिना खरेल
आसन्न प्रतीनिधि सभामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्धार मीना खरेलले आफ्नो जीवन सधै भरी समाजका लागि सुम्पिएको बताउनुभएको छ । लामो समय सामाजिक काममा रहेर अहिले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धार बन्नु भएकी खरेलले आज यहाँ पत्रकारहरुसंगको भेटघाटका क्रममा उहाँले अबको जीवन देश र जनताका लागि समर्पित गर्न आफु प्रतिर्शप्रधामा आएको बताउनुभयो ।उहाँले भन्नुभयो अहिले सम्म असाहायको काम गरे अब देश र जनताको लागि समर्पित भएर काम गर्न चाहान्छु ।अहिले देशको बिषम परिस्थितिमा जनतको घरदैलोमा पुग्न सक्ने एक मात्र उम्मेद्धार आँफु भएको भन्दै उहाँले जनताका प्रतिनिधि भेट्न चुनाब कुर्नुपनै अबस्था आउन नदिने बिस्वास व्यक्त गर्नुभयो । पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उहाँले भन्नुभयो “अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिड्नु पर्ने अबस्था आउने छैन । उहाँले थप्नुभयो समाजको काममा नथाकेको म अब देशको काममा थाक्छु भन्ने छैन lअहिले आफनो मुद्धाहरु जनताको भावना अनुसार रहेकाले आँफु र काँग्रेस जनताको जीविकाका लागि सधै लाग्ने उहाँले बताउनुभयो । बदलियको काँग्रेस अव जनता माझ वदलिएर आएको भन्दै उहाँले आफ्नो प्रतिशप्रर्धि कोही नरहेको बताउनुभयो । अहिले काँग्रेसको नेतृत्व गरेका गगन थापा आफैमा युवा पुस्ताको भावना अनुसार चल्ने भएकाले सबै एक ठाउँ भएर विजयी गराउन आग्रह गर्नुभयो।
