रुफ टप गाडी प्रयोग गर्न रोक लगाउने निर्णय
गृह मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गर्यो ।चुनावभरका लागि लागू हुनेगरी त्यस्ता गाडी प्रयोग गर्न रोक लगाइएको मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले बताइन् । ‘सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै यो निर्णय लिइएको हो,’ उनले कान्तिपुरसँग भनिन् ।२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछानेसहितका नेताहरूले यस्ता सवारीसाधन प्रयोग गरिरहेका छन् । खासगरी बालेन्द्रले पूर्वदेखि पश्चिमसम्मका यात्रामा अधिकांश समय त्यस्ता गाडी प्रयोग गरेका थिए ।
