बाघ आतंक मच्चाउन थालेपछि विद्यालय जाने कालीमाटीका बालबालिकालाई सेनाले सुरक्षा दिदै

Spread the love

बाघले बस्ती नजिकै आएर आतंक मच्चाउन थालेपछि विद्यालय जाने कालीमाटीका बालबालिकालाई सेनाले सुरक्षा दिन थालेको छ ।

बाँके राष्ट्रिय निकुन्जबाट छिरेको बाघले गत पुस दोस्रो साता कालीमाटी गाउँपालिका–६ हात्तीढुंगा र ७ को पर्सेनीका दुई जना, कालीमाटी र सुर्खेतको समानामा एक गरी तीन जनाको ज्यान लिएको थियो । त्यसयता बाघले बस्तीनजिक दैनिक आतंक मच्चाउन थालेपछि विद्यालय आउजाउ गर्ने बालबालिकालाई बाँके राष्ट्रिय निकुन्जमा खटिएको नेपाली सेनाको टोलीले सुरक्षा दिन थालेको हो । 

बाघको आक्रमणबाट बचाउन विद्यालयमा जाने बालबालिकाको सुरक्षाको ब्यवस्था गर्न भन्दै वडा कार्यालयले माग गरेपछि कालीमाटी गाउँपालिका–७ स्वामीबास, हाउखोला, बाटुले, ऱ्याङबाट नेपाल राष्ट्रिय मावि घुईयाबारी पढ्न जाने विद्यार्थीलाई निकुन्जमा रहेको सेनाको टोलीले सुरक्षा दिन थालेको हो ।