मतदानअघि मत सर्वेक्षण र नतिजा अनुमान सार्वजनिक गर्नु आचारसंहिता विपररित
कार्यवाहक निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै मतदातालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघि मत सर्वेक्षण र नतिजा अनुमान सार्वजनिक गर्नु निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै मतदातालाई भ्रमित नगर्न सबै पक्षलाई सचेत गराएका छन्।मंगलबार काठमाडौँमा आयोजित मतदाता शिक्षा तथा प्रचार प्रसार सम्बन्धी छलफलमा भण्डारीले यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारमा असर पुग्ने स्पष्ट पारेका छन्। उनले भने, “अनुमानका भरमा नतिजा सार्वजनिक गर्दा उम्मेदवार हतोत्साहित हुन्छन् र स्वस्थ प्रतिस्पर्धाको वातावरण खल्बलिन्छ। यसैले कसैले पनि मत सर्वेक्षण सार्वजनिक नगर्नुहोला।”उनले सञ्चारमाध्यमलाई चौथो अङ्गको जिम्मेवारी पालन गर्दै संयम अपनाउन र निर्वाचनको मर्यादा कायम राख्न समेत आग्रह गरेका छन्।भण्डारीले प्रविधिको दुरुपयोगप्रति पनि चेतावनी दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर गलत सूचना फैलाउन नहुने बताए। उनले भने, “प्रविधिले सूचना प्रवाह सजिलो बनाएको छ, तर यसको गलत प्रयोगले निर्वाचन प्रक्रियालाई नै धराशायी बनाउन सक्छ।”उनले मतदाताको गोपनीयता र निर्वाचनको स्वच्छ, भयमुक्त वातावरण सुनिश्चित गर्न सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।
