४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Spread the love

भरत‌पुर महानगरपालिका हिमालय आ.वि.को आफ्नो ४३ औंबार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यता पूर्वक सु-सम्पन्न भएको छ।विद्यालय ब्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा नं ११ का वडा अध्यक्ष एवम् वडा शिक्षा समिति संयोजक कमल ब मल्ल

रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा भरतपुर-१२ का वडा अध्यक्ष साथै वेद‌माया अधिकारी स्मृति अक्षयकोष दाता जेष्ठ नागरिक हेमदत अधिकारीलगाएत रहनु भएको थियो ।कार्यक्रम उद्‌घाटन पि .टि प्रदर्शन, स्वागत मन्तव्य शुभकामना मन्तव्यः विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न

कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गर्नुको साथै पुरस्कार वितरण समेत गरियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले विद्यालयको निरन्तर प्रगतिको कामनाका साथ प्रधानाध्यापकले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो।