हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
हिमालय आधारभूत विद्यालयको बार्षिक कार्यतालिकामा अनुसार बमोजिम भरतपुर महानगरपालिका वडा नं-११ का सामुदायिक विद्यालयहरु विच कक्षा (१-५ ) आयोजित हाजिरीजवाफ प्रतियोगिता वडा भित्रका चार ओटा विद्यालयहरूको सहभागिता मा सम्पन्न भयाे ।विध्यालय ब्यावस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री जगन्नाथ भण्डारीज्यूको अध्यक्षतामा भएको

कार्यक्रमको प्रमुख अतिथि वडा नं. ११ का वडा अध्यक्ष श्री कमल बहादुर मल्ल गर्नु भएको थियो। कार्यक्रममा सिद्धिविनायक मा.वि., नयाँ किरण कमल कुसुम मा. वि. जखडि माई आ.वि. का विध्यालय ब्यावस्था समिति अध्यक्ष र प्र• अ• पस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरुले शैक्षिक क्षेत्रमा विद्यालयहरू क्चि सहकार्य गरी शैक्षिक योजना निर्माण र कार्यान्वयन गरी शैक्षिक उपलब्धि वृद्धि गर्न सकिने कुरामा जोड दिनु भयो ।

साथै सहभागि भई प्रथम , द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रमको भयाे । सार्वजनिक विदाको दिनमा पनि आफ्नो विद्यालयमा आयोजिक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नु हुने सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयाे ।
