तामाङ्ग जातिकाे बाजा डम्फु बजाउने तालिम सम्पन्न
चितवन भरतपुर महानगरपालिका वडा नं १० आयाेजनामा सेवा प्रदायक संस्था उज्यालाे भविस्य विविध कार्यक्रम प्रा •लि• ले ६ कार्यदिनकाे डम्फु बजाउने तालिमको आज समापन गरेको छ

। समाजसेवि विकासका अभियान्ता वडा नं १० का वडा अध्यक्ष प्रमेश्वर खनालले तालिमका सहभागिका साथ तालिम समापन गर्नु भएकाे थियाे

भने तालिम सिकेकाे प्रमाणपत्र समेत वितरण गरिएको थियो । उज्यालाे भविस्य विविध कार्यक्रम प्रा.लि.ले प्रशिक्षण दिएकाे कार्यक्रमको प्रशिक्षक केनम दाेर्जे याेन्जन रहनु भएकाे थियाे । भरतपुर १० मा बसाेबास गर्ने नागरिकलाई मनेप आमा समूहको सिफारिसमा तालिममा सहभागी गराईएकाे थियाे ।

पुस २७ गते उद्घाटन गरिएको कार्यक्रम माघ२ गते वडा नं १० का वडा अध्यक्ष प्रतिभासालि विकासका अभियान्ता प्रमेश्वर खनालले समापन गर्नु भयाे । समापन कार्यक्रमा सम्बाेधन गर्नु हुदै सबै वडा बासिलाई घरघरमा सीप, टाेल टाेलमा ब्यावसाय प्रवर्धन, आय आर्जनमा वृद्धि उद्ध्योग मैत्रि वडा बनाउने बताउनु भयाे ।

नागरिकलाई स्वास्थमा शिक्षामा पहुच, फराकिलाे सडक नाला, सडक बत्ति, डुबान रहित वडा ,मध्यपान धुम्रपान रहित वडा बनाउने साथै कार्यलयमा नागरिकहरुलाइ झन्जट रहित तरिका बाट सेवा दिईने बताउनु भयाे ।यस वर्ष वडा बाट कफि वारिष्टा सहित बुटिक तालिम सम्पन्न गरिसकेको बताउनु भयाे ।

हार्मोनियम तालिम चलिरहेकाे छ । जति जनाले तालिम लिनु भएकाे छ सबैले सिकेकाे सिपलाई ब्यवसायमा परिणत गरि आफ्नो संकृति संरक्षण गर्न सबैलाइ अनुरोध गर्दै आवश्यक परेकाे बेला वडा कार्यसमितिले मागकाे आधारमा थप तालिम दिने बताउनु भयाे ।

वडा सदस्य सुर्यबदना हमालले तालिमका सहभागिलाई शुभकामना दिनु भयाे । वडा सदस्य पार्वती नेपालिले सिकेकाे सिपलाई ब्यवसायमा लाग्न अनुराेध गर्नु भयाे ।वडा सदस्य नीर बहादुर लामाले सबैलाई शुभकामना दिदै सिपलाई सेवामा परिणत गर्न अनुराेध गर्नु भयाे ।

लेखा प्रमुख प्रकाश बहादुर पातली , सेलाे गायक केनम दाेर्जे याेन्जन फुल कुमार बम्जन लगायत २२ जना तालिमका सहभागी हुनुहुन्थ्यो ।


कार्यक्रम सन्चालन वडा सचिव माधव सुबेदिले गर्नु भएकाे थियाे भने उज्यालो भविस्य विविध कार्यक्रम प्रा. लि का प्रमुख सरस्वति गाैतमकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

