राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने – महेस बस्नेत

Spread the love

बालेन शाह झापाबाट पूर्वप्रधानमन्त्रीसंग चुनावमा भिड्ने तयारीले राजनीतिक माहोल एकाएक गर्माएको छ । यसैबीच, बालेनको तयारीलाई लिएर एमाले नेता महेश बस्नेतले कडा कटाक्ष गरेपछि बालेनले यसको जवाफ निकै सुन्दर र शालिन ढंगले दिएका छन् । महेश बस्नेत लेख्छन्, श्याललाई काल आयो भने बजार छिर्छ” भन्ने उखानझैँ,काठमाण्डौमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ। यदि यो कुरा सत्य हो भने, निर्वाचन मा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने छ।, बस्नेतको यो स्टाटसमा बालेनले कमेन्ट गर्दै लेखेका छन्, कति माया गर्नुहुन्छ हउ मलाई धन्यवाद । बालेनको उक्त कमेन्टलाई लिएर धेरैले पथ्थरको जवाफ फुलबाट आएको र झापाको लवज प्रयोग गरिएको भन्दै टिप्पणी गरिरहेका छन् ।