सहमतिको प्रक्रिया भने पावर सेयरिङको विषयमा अड्कियाे काग्रेस
नेपाली कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका विभिन्न प्रस्तावहरूमा सोमबार रातभर छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । संवादमा सक्रिय नेताहरूले सहमतिको सम्भावना अझै बाँकी रहेको भन्दै प्रयास निरन्तर जारी रहने बताएका छन् ।भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको तेस्रो दिन आज बन्दसत्र आयोजना हुँदैछ । बन्दसत्रमा महामन्त्रीहरूले पेस गरेका प्रतिवेदनमाथि सुझाव संकलन र पारित गर्ने, विधान संशोधन गर्ने, निर्वाचन समिति लगायतका समितिहरू भंग गरी नयाँ गठन गर्ने तथा निर्वाचन कार्यक्रम अगाडि बढाउने कार्यसूची तय गरिएको छ । महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि तयार देखिए पनि सहमतिको प्रक्रिया भने ‘पावर सेयरिङ’को विषयमा अड्किएको छ ।विशेष महाधिवेशन पक्षधरहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समूहको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । उनीहरूले संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचनमा कम्तीमा ४० प्रतिशत टिकट विशेष महाधिवेशन पक्षधरलाई दिनुपर्ने अडान लिएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार, “सम्मानजनक प्रतिनिधित्व भनेको कम्तीमा ४० प्रतिशत टिकट सुनिश्चित हुनु हो भन्नेमा कुरा आएको छ ।”त्यसैगरी विशेष महाधिवेशन पक्षधरहरूले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्नुपर्ने स्पष्ट अडान पनि राखेका छन् । उनीहरूको माग अनुसार कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनुपर्ने र तीमध्ये कम्तीमा ४० प्रतिशत, अर्थात् करिब ६६ जना उम्मेदवार विशेष महाधिवेशन पक्षधर समूहबाट हुनुपर्नेछ ।विशेष महाधिवेशन पक्षधर नेताहरूले संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरूको अपमान गरेको आरोप लगाउँदै सहमतिका लागि सम्मानजनक व्यवहारलाई न्यूनतम शर्तका रूपमा अघि सारेका छन् । एक केन्द्रीय सदस्यका अनुसार, “विशेष महाधिवेशनमा सक्रिय भएकै कारण भोलि कसैप्रति पूर्वाग्रह राखिनु हुँदैन । त्यसैले संसदीय बोर्ड र प्रत्यक्ष निर्वाचन दुवैमा हाम्रो बलियो उपस्थिति आवश्यक छ ।”उनले गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूह र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूहलाई अलग रूपमा बुझ्नुपर्ने धारणा पनि राखे । उनका अनुसार डा. शेखर कोइराला अहिले संस्थापन पक्षकै हिस्सामा रहेकाले उनको व्यवस्थापन संस्थापनले गर्नुपर्नेछ भने विशेष महाधिवेशन पक्षधर कांग्रेसभित्र अलग शक्ति भएको स्वीकार गरिनुपर्ने अवस्था आएको छ ।यसका साथै विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनको स्वामित्व लिनुपर्ने, महाधिवेशनबाट पारित हुने निर्णयहरू स्वीकार गर्नुपर्ने, पार्टी सुधारका लागि महामन्त्रीहरूले अघि सारेका प्रस्तावहरू ग्रहण गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् । ल जारी राख्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् ।
