नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Spread the love

जिल्ला चितवन माडी नगरपालिका वडा नं.०३ बसन्तपुर स्थित होटल प्याराडाइजको सभाहलमा इलाका प्रहरी कार्यालय माडीको आयोजना एवं माडी नगरपालिकाको समन्वयमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा माडी नगरपालिकाका उप- प्रमुख श्री खेम प्रसाद महतोकाे प्रमुख आतिथ्यतामा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका कार्यालय प्रमुख प्रहरि उपरिक्षक. दिल्ली नारायण पाण्डे, सशस्त्र प्रहरी बल नेपाल नं. १७ हेडक्वाटर, चितवनका गणपति श्री धिरेन्द्र राज न्यौपाने, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय चितवनका प्रमुख उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, स्थानिय जनप्रतिनिधि हरु, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, यातायात व्यवसायी, रेडक्रस सोसाईटी, टोल सुधार समिती, बिभिन्न बैंक तथा वितिय संस्था, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवी,, समाजसेवी लगायत ३१५ जनाको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे।