प्रहरी संग १ दिन कार्यक्रम सम्पन्न
प्रहरी संग १ दिन कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा जिल्ला चितवन भरपुर महानगरपालिका वडा नम्बर ०२ बालकुमारी कन्या मा.वि.का शिक्षक र विद्यार्थीहरूलाई यस कार्यालयको सम्पुर्ण शाखाहरु भिजिट गराई कार्यालयको सभाहलमा यस कार्यालयका प्रहरि निरिक्षक मनिष श्रेष्ठले साईबर अपराध र लागु औषध सम्बन्धि सचेतनामुलक प्रशिक्षण

दिनु भई कार्यक्रम समापन भएको । उक्त कार्यक्रममा शिक्षक र विद्यार्थीहरू गरि ६५ जनाको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यलय चितवनकाे सुचना अधिकारिले बताउनु भयाे ।
