नागरिक संवाद माघ महिनाभित्र ५० जिल्लामा आयोजना गरिने

Spread the love

पूर्ण चन्द्र चापागाई

“शत्रुताविहीन आचरण , मित्रवत प्रतिस्पर्धा र घेाषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद माघ महिनाभित्र ५० जिल्लामा आयोजना गरिनेछ । प्रमुख बक्ताको रुपमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल सहितको टोलि पुष २९ गते काठमाण्डौबाट विभिन्न जिल्लाका कार्यक्रममा सहभागिता जनाउनका लागि प्रस्थान गर्नेछ र पहिलो कार्यक्रम चितवनमा पुष २९ गते ३ बजे र नवलपुरमा पुष ३० गते बिहान ८ बजे, पर्सामा पुष ३० गते ३ बजे र महोत्तरीमा माघ १ गते ३ बजे हुनेछ र अन्य जिल्लाहरुको तालिका चाँडै प्रकाशनमा ल्याइनेछ । शान्ति समाजका शाखा नभएका जिल्लाहरुमा मधेसमा सम्भवत मधेसी नागरिक समाज लगायतको संयोजनमा कार्यक्रम हुनेछ । कार्यक्रमका लागि अबधारणा पत्र र ब्यानरका साथमा मानव अधिकार तथा शान्ति समाजले कार्यक्रम गर्नेछ। कार्यक्रमको मोडेल अनुसार एक दिनमा दुई जिल्लामा कार्यक्रम हुने हुँदा तोकिएकै मिति र समयमा कार्यक्रम आयोजना हुनेछन्। कार्यक्रममा राजनीतक समाजबाट स्वच्छ छविका व्यक्तित्वहरू, नागरिक समाजमा आबद्द संस्थाहरू, प्रशासन लगायतका सरकारी सहभागिता, सुरक्षा निकाय, बुद्धिजीवी र शान्ति समाजका सदस्यहरू समेतको उक्त कार्यक्रममा सहभागिताको अपेक्षा गरिएको छ । यसै कार्यक्रमको दौरानमा मोरङमा पाँचौ वर्षको छात्रवृति समेत वितरण गरिनेछ भनी मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सभापति रेणुका पौडेलले जानकारी गराउनु भएको छ।
समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौँ, समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ, अराजकता हिँसा र घृणा खारेज अहिंसा, शान्ति र सद्भाव प्रवर्धन दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो, बिबिधताको सराहना हो, धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव,राजनीतिक सद्भाव, स्थायी शान्तिको आधार नै सद्भाव, सामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ, घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल, सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौं, MISINFRMATION, DISINFORMATION लाई खारेज गरौँ,समृद्धिका लागि हिंसामुक्त नेपाल, हिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँ, शान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौं, अफवाहको पछाडी नलागौं, भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँ, उत्तेजना फैलाउनु अपराध हो, जिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ, सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ भन्ने लेखिएका नारा सहितका प्ले कार्ड बोकी मानव अधिकार तथा शान्ति समाजले यहि पुस २९ गतेबाट देशैभरका शाखा मार्फत् लोकतन्त्र, शान्ति, र अहिंसा, नागरिक आकांक्षा, नागरिक सर्बोच्चता सम्बन्धी विषयमा नागरिक संवाद र शान्ति र्यालीहरू देशैभरका शाखाहरूमा गर्ने निर्णय समेत मानव अधिकार तथा शान्ति समाजले तयारी गरेको कुरा उहाँले बताउनु भयो।त्यसै क्रममा मानव अधिकार शान्ति समाज, नेपालको २८ औँ राष्ट्रिय परिषद बैठकको अवसरमा पाल्पाको तानसेनमा पेश भएका ५ प्रस्तावहरू मध्ये ४ प्रस्तावहरू पारित भर्इ सकेको हुँदा उक्त ४ वटै पारित प्रस्तावहरूलाई देशभरका शाखा मार्फत् कार्यान्वयनमा लैजाने कुराको जानकारी समेत केन्द्रीय समितिका सभापति रेणुका पौडेलले देशैभर कार्यक्रम गर्ने जानकारी गराउनु भएको हो।