नेतृत्व तहको छलफलपछि कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णय
सबिना प्रजा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने विषयमा सहमति भएको छ।स्रोतका अनुसार, नेतृत्व तहको छलफलपछि कुलमान घिसिङलाई उपसभापति बनाउने र समानुपातिक तर्फ उनका तर्फबाट १८ जना उम्मेदवार समावेश गर्ने सहमति भएको हो। ती उम्मेदवारहरू पार्टीको बन्द सूचीमा समेटिने बताइएको छ।यसअघि पनि रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गरी सहकार्यका विषयमा पटक–पटक संवाद हुँदै आएको थियो। पछिल्लो सहमतिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महत्वपूर्ण राजनीतिक समझदारीका रूपमा हेरिएको छ।रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याइरहेका बेला भएको यो सहमतिले पार्टीभित्र शक्ति सन्तुलन र चुनावी रणनीतिमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।
