नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैलाई आग्रह-संकर पाेख्रेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले भदौ २३ र २४ गते भएका घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर देशलाई कमजोर पार्ने योजनाको पहिलो चरण भएको दाबी गरेका छन् पोखरेलले अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी भइरहेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको ७ बुँदे सहमतिलाई लक्षित गर्दै उनले यसप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।पोखरेलका अनुसार भदौ २३ गते भएको नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइयो र त्यसक्रममा केही युवाको ज्यान गएको थियो। त्यसको आडमा भदौ २४ गते राज्य, संविधान र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको उनको आरोप छ।यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक क्रमशः सार्वजनिक हुँदैछन्,’ पोखरेलले लेखेका छन्। उनले मुलुकको वर्तमान गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताएका छन्।नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने पोखरेलको आग्रह छ।
