संविधान संशोधनको सर्तमा संसद् पुनःस्थापना गर्न सकिने -सुधन गुरुङ्ग

Spread the love

जेन–जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङले संविधान संशोधनको सर्तमा संसद् पुनःस्थापना गर्न सकिने धारणा सार्वजनिक गरेका छन्। उनले आफू एमालेको पुरानो राजनीतिक लाइनसँग मेल खाने धारणा राख्दै नागरिक सरकार गठनका लागि यो प्रक्रिया आवश्यक हुन सक्ने बताएक गुरुङले आफू हिंसात्मक नभई प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारे। “म लड्ने–भिड्ने मान्छे होइन, प्रतिस्पर्धा गर्ने मान्छे हुँ,” उनले भने, “मलाई देख्नेबित्तिकै मुक्का–मुक्कीको कुरा आउँछ, तर त्यो मेरो स्वभाव होइन।” यद्यपि उनले भ्रष्टाचारमा संलग्न नेताहरूलाई चेतावनी दिन आफू तयार रहेको पनि बताए।उनले नेताहरूले आफूहरूलाई कमजोर पार्न जुनसुकै हदसम्म जान सक्ने आरोप लगाउँदै बाराको सिमरास्थित एमाले नेता किसान श्रेष्ठको घरमा पुगेको प्रसंगको बचाउ गरे। “गाउँलेहरूलाई त्रसित बनाइँदै थियो, भिडियो बनाएर धम्की दिइँदै थियो। यस्तो नगर्नुस् भन्नु अपराध हो र?” उनले प्रश्न गरे।शसंसद् पुनःस्थापनाबारे आफ्नो स्पष्ट रोडम्याप प्रस्तुत गर्दै गुरुङले भने, “संसद् ब्युँताएर हाम्रो एजेन्डा पास गरौँ, चुनावको मिति घोषणा गरौँ, त्यसपछि संसद् विघटन गरेर बल्ल नागरिकको सरकार बनाउने पक्षमा हामी छौँ।” उनले यसलाई अन्तिम विकल्पका रूपमा उल्लेख गर्दै वर्तमान राजनीतिक दलका नेताहरूप्रति आफूहरूको विश्वास नरहेको बताए।गुरुङले प्रतिनिधिसभा र राष्ट्रिय सभामा ७० प्रतिशत हिस्सा आफूहरूलाई दिनुपर्ने मागसमेत अघि सारे। उनले संविधान संशोधनका बुँदाहरूमा पहिल्यै सहमति गरेर मात्र अगाडि बढ्नुपर्ने उल्लेख गर्दै “हातमा रगत र पैसा लागेको होइन, निस्वार्थ नेता चाहिएको” बताए।चुनावी प्रक्रियाबारे बोल्दै उनले जेन–जी आन्दोलनलाई तीन महिनाको समय चुनाव लड्न पर्याप्त नहुने धारणा राखे। “३६ वर्षमा बनेको दलहरूको संरचना भत्काउन तीन महिना पर्याप्त हुन्छ?” उनले प्रश्न गरे।गुरुङका यी अभिव्यक्तिलाई हालको राजनीतिक अवस्थामाथि जेन–जी आन्दोलनको स्पष्ट वैकल्पिक धारणाका रूपमा हेरिएको छ।