सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस

Spread the love

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनाको नाम मन्त्रिपरिषद् सामु पठाउने निर्णय गरेको हो।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिव बढुवाका लागि सिफारिस भएका हुन्। सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा प्रवक्ताका रूपमा कार्यरत छन्।भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।