लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत यौनजन्य हिंसा विरुद्धको साझा अभियानको आयोजना एवं जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको सह आयोजनामा जिल्ला चितवन भरतपुर महानगर पालिका वडा १० स्थित जिल्ला समन्वय समिति चितवनको सभाहलमा यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक मिना खरेल अध्यक्षता एवं चितवन जिल्ला अदालतका माननीय न्यायधिस दयाराम ढकाल जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसाको अन्त्य गरौ” भन्ने मुल नाराका साथ गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सहितको कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।
