न्यायिक सेवा अवरुद्ध र महिला वालवालिकामा परेको प्रभाव सम्बन्धि विषयको अन्तरक्रिया सम्पन्न

Spread the love


पूर्ण चन्द्र चापागाई ,
जेनजी आन्दोलका कारण न्यायिक सेवा अवरुद्ध र महिला वालवालिकामा परेको प्रभाव सम्बन्धि विषयको सम्बन्धमा चितवन जिल्ला अदालत वार एशोसिएशन महिला समितिद्वारा चितवन जिल्ला अदालत बारको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।चितवन जिल्ला अदालत वार एशोसियसन महिला समिति संयोजक अधिवक्ता पवित्रा सुवेदीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा अधिवक्ता प्रिङ्का थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने अधिवक्ता शोभा भट्टराई ले गर्नुभएको थियो।उक्त कार्यपत्रमा छलफलमा राखिएका विषय मध्ये कानुनी उपचारमा ढिलाइ, प्रत्यक्ष सुरक्षा जोखिममा वृद्धि, आर्थिक तथा सामाजिक प्रभाव, मनोवैज्ञानिक प्रभाव,कानुनी सहायता र संस्थागत समन्वयमा कमी, दीर्घकालीन प्रभाव र निषकर्षमा जेनजी आन्दोलनका कारण अदालत अवरुद्ध हुनुले महिला सेवाग्राहीलाइ मात्र नभइ समग्री पारिवारिक सदस्यहरूलाई समेत कानुनी, सामाजिक, आर्थिक, मनोवैज्ञानिक सबै कोणबाट गम्भीर असर पारेको छ। नेपालजस्तो संवेदनशील समूह धेरै भएको समाजमा अदालतको निरन्तरता न्याय सुनिश्चित गर्ने त्यसैले भविष्यमै यस्ता आन्दोलन वा प्रशासनिक अवरोध हुँदा पनि अदालतलाइ सुरक्षित राख्नुका साथै अदालतमा महिला पीडित र कमजोर समूहका मुद्दालाई प्राथमिकतामा राखेर वैकल्पिक कानुनी सेवा विकसित गर्न आवश्यक छ भन्ने कार्यपत्र पेश गरिएको थियो। छलफलका क्रममा सहभागीहरूले आफ्नो धारणा राख्नु हुँदै जेन जीको कारण उत्पन्न परिस्थितीको कारण कारगारबाट भागेका कैदी बन्दीहरूद्वारा समाजका महिला, बाल बालिका लगायत पिडित व्यक्ति, कानून व्यवसायी तथा पिडितहरूसँग सम्बन्धित व्यक्तिहरू त्रस्त भईरहेकाे पिडकहरूलाई यथाशिघ्र पक्राउ गर्ने र त्रसित व्यक्तिहरूलाइ आवश्यकता अनुसारको संरक्षणको खाँचो रहेको पनि बताउनु भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वार एशोसियसनका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अदालत वारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता राज कुमार श्रेष्ठ, चितवन जिल्ला अदालत वार एशोसियसन अध्यक्ष अधिवक्ता फुलमाया रानाभाट, नेपाल बारएशोसियसन पूर्व कन्द्रीय सदस्य अधिवक्ता इन्दु कोइराला, चितवन जिल्ला अदालत श्रेस्तेदार देवीराम भण्डारी, चितवन जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता रबि न्यौपाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपनिरीक्षक गोबिन्द पुरी, कम्युनिटी मेडिसिन बिभाग प्रमुख एशोसिएट प्रोफेसर सि. एम. एस. डा. प्रेरणा बंशाल, चितवन जिल्ला कारागार कार्यालय प्रमुख रबिन्द्र ढुङ्गानाले बोल्नु हुँदै समग्र नेपाली जनजिवन नै प्रभावित भई रहेको अबस्थामा महिला तथा बालबालिकाहरूलाई असर पर्नु स्वभाविक रहेको बताउनु भयाे ।