दुईजना सचिवको सरुवा
सरकारले दुईजना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरूबीच फेरबदल गरेको हो ।बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्दै त्यहाँका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएकाे बताए ।श्रम मन्त्रालयमा साढे पाँच महिना बसेर माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका छन् । त्यस्तै, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ) बाट पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए ।
