भरतपुर महानगरपालिका काे जालझेल के का लागि
सङ्घीय सरकारले असारमै निकासा गरिसकेको रकम फाउन्डेसनलाई भुक्तानी गर्न महानगरले अहिलेसम्म आनाकानी गरिरहेको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको मूल्याङ्कन प्रतिवेदनका आधारमा सिर्जित सम्पत्ति खरिद गर्ने भनेर सरकारले राष्ट्रिय बजेटमै १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसको कार्यान्वयनका लागि भरतपुर महानगर, संस्थान र धुर्मुस सुन्तली फाउन्डेसनबीच गत भदौ १६ गते सम्झौता भयो । उक्त सम्झौतामा महानगरका तर्फबाट प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।संस्थानले प्राविधिक मूल्याङ्कन गरेर प्रतिवेदनसमेत बुझाइसकेको छ । जसमा फाउन्डेसनबाट महानगरले करिब ६० करोड रुपैयाँको संरचना बुझिलिएको स्पष्ट उल्लेख छ । यस्तै, रंगशालाको उधारो सामग्रीस्वरुप १८ करोड ४३ लाख रुपैयाँ बक्यौता रहेको भनिएको छ । सोही वक्यौता रकम भुक्तानीका लागि संघीय सरकारले बजेटमै व्यवस्था गरेर पठाएको १५ करोड रुपैयाँ महानगरले अहिलेसम्म रोकेर राखेको हो ।भरतपुर महानगर प्रमुख दाहालले पत्र पढिसकेपछि प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताएकी थिइन् । प्रशासकीय अधिकृत राजी भएमा आफूले एक मिनेट पनि नरोक्ने उनको भनाइ रहेको स्रोत बताउँछ । धुर्मुसले प्रशासकीय अधिकृत पौडेललाई पनि फोन गरेर जानकारी गराएका छन् । यो विषयलाई अब महानगरको बैठक राखेर टुङ्ग्याउने उनको भनाइ छ ।
