खरिद मूल्य अनुसार नयाँ दररेट

Spread the love

नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार राति एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल/मट्टीतेलको तीन रूपैयाँ बढाएको जनाएको हो।भारतीय आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।