नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समिति

Spread the love

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलबिच एकता घोषणा भएको थियो । त्यसअघि एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो । जुन दलको संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।अयोगमा बुझाएको सुचीमा तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।नेताहरूका अनुसार आयोगमा बुझाइएको १३८ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन एकीकृत समाजवादीका नेता नेपालसहित ५९, माओवादी केन्द्रका प्रचण्डसहित ५६ रहेका छन् भने बाँकी अन्य दल नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाका नेता रहेका छन् । एकता घोषणपछि डा. भीम रावल नेतृत्वको मातृ भूमि अभियानसमेत सोही पार्टीमा समाहित भएको छ ।