युथ भोलिन्टियर गठन

Spread the love

नेकपा (एमाले) कावासोतीले पोखरीतालमा भएको भेलाले चिनु पुनको संयोजकत्वमा १५१ सदस्यीय युथ भोलिन्टियर फोर्स (युवा भोलियन्टियर्स फोर्स) गठन गरेको छ। कावासोती–१ दस्ता गठन गरेको हो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्य र नगर अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता रहेको थियो। महतले जनताको सुरक्षा, पुनर्निर्माण र विपद्‌ व्यवस्थापनमा युवाहरू सक्रिय रूपमा खटिने बताए।

कार्यक्रममा विभिन्न तहका नेताहरूको उपस्थितिमा भ्रष्टाचार, अराजकता र सामाजिक विकृतिविरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।