एकताप्रति असन्तुष्ट नेताहरु अनुपस्थित

Spread the love

समाजवादीको सचिवालय बैठकमा पार्टी एकताप्रति असन्तुष्ट नेताहरु अनुपस्थित भएका छन् ।  आइतबारको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत अनुपस्थित भएका हुन् । उनीहरुलाई सचिवालय बैठकमा बोलाइएको थियो । खनालले आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए । भुसाल र बस्नेतले भने नआउने जानकारी गराए । “झलनाथले आफूलाई सञ्चो छैन भन्नुभयो । घनश्याम र घनेन्द्रले नआउने जानकारी गराउनुभएको थियो,” एक सचिवालय सदस्यले भने । झलनाथ–घनश्याम समूहले शनिबार छुट्टै भेला गरेको थियो । आज बसेको सचिवालय बैठकले १९ गते माओवादी केन्द्रसँगको एकता भेला गर्ने निर्णय गरेको उपमहासचिव राजेन्द्र राईले जानकारी दिए।