खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ
जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेक पोष्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडातर्फ आउदै गरेको बा.प्र.०३-००१ ज ५१३ नम्बरको यात्रुबाहक EV गाडीमा सवार भई आएका जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २७ को लभ ठकुरीलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ५८० मिलिग्राम फेला परेको हुँदा उक्त लागुऔषध बरामद गरी लभ ठकुरीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
