आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्नआग्रह

Spread the love

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा नागरिकमैत्री बनाउन निर्देशन दिँदै मन्त्री शर्माले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याएर भ्रष्टाचार गर्ने  प्रवृत्ति रहेको भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिएकी हुन् ।

उनले भनिन्, ‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन् । त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती भन्नू भयाे ।