संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत करार कर्मचारीअवस्था सुनुवाई हुने

Spread the love

कर्मचारीहरूले देशभरका करार कर्मचारीहरूको रोजगारीमा कुनै समस्या नपर्ने, गोश्वारा हुलाक कार्यालयमा चलिआएको ठेक्का प्रथा खारेज गरी करार कर्मचारीहरूलाई सो कार्यालयबाटै नियुक्ति दिने, र योगदानमा आधारित सामाजिक सुरक्षामा करार कर्मचारीहरूलाई तत्काल समावेश गराइने विषय जानकारी गराएका थिए । 

त्यस्तै, नयाँ पुस्ताका युवाहरूको आन्दोलनपछि पुन:व्यवस्था तथा समायोजन प्रक्रियामा परेका कार्यालयका करार कर्मचारीहरूको व्यवस्थापन गरिने मन्त्रीको आश्वासन रहेको आचार्यले बताएकी छिन् । २०८०-८१ सालमा हुलाक सेवा अन्तर्गत जिल्ला हुलाक कार्यालयमा दरबन्दी कटौतीमा परेका करार कर्मचारीहरूलाई खाली दरबन्दीमा मिलान गर्ने वा क्षतिपूर्ति तथा उपदानको व्यवस्थाका लागिसमेत मन्त्रीबाट आश्वासन प्राप्त भएको आचार्यको भनाई छ । 

मन्त्री खरेलले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत करार कर्मचारीहरूलाई स्थायी कर्मचारी सरहका सेवा-सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै निजामती कर्मचारीहरूले पाउँदै आएको महँगी भत्ता करार कर्मचारीहरूलाई पनि सोही दरमा उपलब्ध गराइने स्पष्ट पारेका छन्।

भेटका अन्त्यमा करार तथा अस्थायी कर्मचारी प्रतिनिधिहरूले देशभरका श्रमिकहरूलाई अहिलेको सरकारलाई सहयोग गर्न, श्रमिक अधिकार र हितका लागि एकताबद्ध हुन, र “हाम्रो होइन, राम्रो गरौँ” भन्ने भावनाका साथ अघि बढ्न आग्रह गरेका छन्।