उपसचिव र शाखा अधिकृतका लागि शैक्षिक योग्यता परिवर्तन

Spread the love

प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची–४ खण्ड ‘घ’ को क्र.सं. १ र २ मा संशोधन गर्दै शैक्षिक योग्यताको नयाँ व्यवस्था गरेको हो ।

नयाँ प्रावधानअनुसार, उपसचिव पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित) मध्ये कुनै एक विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरी ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

त्यसैगरी, शाखा अधिकृत पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसअघि राजस्व समूहका उपसचिवका लागि व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, कानून, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्र विषयमा स्नातकोत्तर डिग्री आवश्यक थियो भने अधिकृत तहका लागि स्नातक तह वा सो सरह उत्तीर्ण पर्याप्त मान रहेकाे छ ।