सम्पुर्ण मिसिल बुझाउनु पर्ने

Spread the love

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केन्द्रको हकमा आयोगका सदस्य–सचिवले नापी विभागमा र जिल्ला समितिको हकमा सम्बन्धित सदस्य–सचिवले जिल्लाका नापी कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरेको छ।

‘आयोगबाट हालसम्म सम्पादन भएका काम–कारबाही, सङ्कलित विवरण, निर्णय मिसिल, तथ्यांक फाराम/कागजात तथा सवारी साधनलगायतका भौतिक सम्पत्तिहरू केन्द्रको हकमा आयोगका सदस्य–सचिवले नापी विभागमा र जिल्ला समितिको हकमा सम्बन्धित सदस्य–सचिवले जिल्लाका नापी कार्यालयमा २०८२ कात्तिक मसान्तभित्र बुझाउने,’ विज्ञप्तिमा उल्लेेख छ ।