सर्वदलिय बैठक सुरू

Spread the love

बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति र निर्वाचनबारे छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ । 

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपीनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट रेनु यादव, जनमत पार्टीबाट अध्यक्ष सीके राउत छन् ।