नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (दशैं) टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार २०८२ साल असोज १६ गते बिहीबार विजयादशमी परेको छ। उक्त दिन बिहान ११ बजेर ५३ मिनेटमा टीका तथा जमरा ग्रहण गर्न उत्तम साइत रहेको समितिले जनाएको छ।