बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षता बैठक बसी बिबिध निर्णय सम्पन्न
बागमती प्रदेशका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षता बैठक बसी निम्न निर्णय गरियो । बागमती प्रदेशमा रहेको राजनीतिक दलको सर्वदलीय बैठक बागमती प्रदेशका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षता बैठक बसी निम्न निर्णय गरियो ।
(१) भदौ २३ र २४ गते भएको जेनजि अभियान प्रदर्शन र मागको क्रममा परी मृत्युभएका नागरिकहरुलाई श्रध्दाञ्जलि ब्यक्त गर्दै मृतकको परिवार प्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना ब्यक्त गर्नुका साथै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
(२) भोली असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाईने निर्णय ।
(३) जेनजी अभियान प्रदर्शन र मागको क्रममा बागमती प्रदेशभित्रका बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनाहरुमा भएको क्षति, स्थानीय तहका संरचना र विभिन्न ब्यक्ति र ब्यक्तिका ब्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने ।
(४) शुसाशन र खर्च कटौतीको सवालमा प्रभावकारी ढंगले यथाशीघ्र कार्यक्रम ल्याएर अगाडी बढाउने निर्णय ।
(५) प्रदेशसभाको बैठक यथाशीघ्र संचालन गर्ने निर्णय गरियो ।
उपस्थितिः
एमाले संसदीय दलका नेता जेएन थपलिया
माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल
नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल
कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल
