चितवन जिल्ला अदालतबाट चोरी तथा लुटपाट सामान बरामद
२४ गते भएको जेन्जी प्रदर्शनको क्रममा चितवन जिल्ला अदालतबाट चोरी तथा लुटपाट गरी लगिएका सामानहरु सहित मिति २०८२।०५।३० गते जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ६ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोक स्थितमा डेरा लिइ बस्दै आएको कृष्ण परियारको छोरा वर्ष १९ को रोशन परियारको डेराबाट निम्न उल्लेखित दशिका सामानहरु फेलापारी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
१) मोबाइल = ७ थान
२) काँसको थाल = ३ थान
३) टि टेबल =१ थान
४) सिक्का पैंसा= ४०० थान
५) तामाको सानो ठुलो कलश= ११ थान
६) कम्प्युटर राख्ने टेबल =१ थान
७) ला.औ ट्रामाडोल= ४९५० क्यासुल
८) खुकुरी=४ थान
९) हम्मर= २ थान
१०) स्टिलको थाल= ३ थान
११) गिलास= १५
१२) गितार = १ थान
१३) घडी= ८ थान
