चितवन बारको गम्भीर ध्यानाकर्षण
गते देशब्यापी रूपमा भएको आगलागी र तोडफोड बाट रास्ट्रको महत्वपूर्ण संरचनाहरु जलेर ध्वस्त भएको सर्वबिदितै छ।प्रदर्शनकारीहरु बाट चितवन जिल्ला अदालत , बार एसोसिएसन पनि जलेर ध्वस्त भएको अबस्थामा चितवन जिल्ला अदालत बार एसोसिएसनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोख्रेल र पुर्व अध्यक्ष कमल राज पाठकज्युको निजि निवासमा समेत प्रदर्शनकारीहरुले ढुङ्गामुडा ,तोडफोड गरि घर भित्रका सम्पुर्ण सामानहरु सडकमा निकाली आगजनी गरेको घटना प्रति चितवन बारको गम्भीर ध्यानाकर्षण भएको छ।ब्यक्तिको निजि सम्पत्ति माथी तोडफोड र आगजनी गर्ने कार्य प्रति चितवन बार घोर निन्दा र आपत्ति प्रकट गर्दछ।उक्त निन्दनीय कार्यगर्ने जोसुकैलाइ सरकारले कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कार्वाहीको माग गर्दै आगलागी र तोडफोड बाट भएको क्षतिको मुल्यांकन गरि उचित क्षतिपूर्ति समेतको ब्यावस्था गर्न नेपाल सरकारलाई अपिल गर्ने कार्य गरिएकाे चितवन बारका सचिव कुलचन्द्र खनालले बताउनु भयाे ।
