ट्रामाडोल २१०० क्याप्सुल सहित १ जना पक्राउ

Spread the love

लागूऔषध कारोवार भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी ठुलोथली स्थित पैदल हिडिरहेको अवस्थामा बस्ने वर्ष ४५ को राज कुमार मोक्तानलाई फेला पारी रितपुर्वक खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा २१०० क्याप्सुल लागूऔषध ट्रामाडोल फेला परेको हुँदा उक्त लागूऔषध बरामद गरी निज राज कुमार मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।