महानगरपालिका बजेटमा प्रमुख कार्यकारिकाे मनपरि
बिरगंन्ज महानगरपालिका बजेटमा प्रमुख कार्यकारि अधिकृतले मनपरि गरेका छन् । कर्मचारी स्रोतका अनुसार उनले आफ्नो साला शम्भुकुमार कर्णलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका छन् । अहिले उनी नगर उपप्रमुखको सचिवालयमा कार्यरत छन् । यस्तै, प्रमुख प्रशासकीय अधिकृत कर्णले आफ्नो सालाकी श्रीमतीलाई शिक्षक पदमा नियुक्त गरेको महानगरकै कर्मचारीहरूले जनाएका छन्। केही महिनाअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्णले अहिले पदको दुरुपयोग गर्दै आफन्त र नातागोतालाई जागिर दिन थालेका छन्।
यस्तै, प्रमुख प्रशासकीय अधिकृतले अर्को आफन्त अर्चना कर्णलाई नियुक्त गरेका छन्। उनी अहिले प्रमुख प्रशासकीय अधिकृतकै सचिवालयमा कार्यरत रहेकी छिन्। यसअघि उनी बहिरा विद्यालयमा कार्यरत थिइन् । प्रशासकीय अधिकृत कर्णले अर्को आफन्त राजेन्द्रकुमार कर्णलाई पनि नियुक्त गरेका छन् । राजेन्द्रलाई आन्तरिक लेखा परीक्षक पदमा नियुक्त गरेका छन् । अहिले उनी आन्तरिक परीक्षक शाखामा कार्यरत छन् ।
केही महिनाअगाडि महानगरपालिकाका नगरप्रमुख र उपप्रमुखको अग्रसरतामा कर्मचारी नियुक्त गर्ने सहमति भएपछि उनले पनि आफ्नो भागमा कर्मचारी कोटा लिएको कर्मचारी स्रोत बताउँछ । उनले आफ्नो भागमा परेका केही कर्मचारीको कोटा आर्थिक लेनदेन गर्दै बेचेको पनि उनीनिकट भएर काम गरेका कर्मचारीहरू बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत कर्ण विगत सात वर्षदेखि महानगरपालिका कार्यालयमै कार्यरत रहेका छन् । उनी यसअघि शैक्षिक प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारीमा थिए । पछिल्लो समयमा वीगन्ज महानगरपालिका कार्यालयमा कामको आवश्यकताअनुसारको कर्मचारी नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।
