१२५ किलो लागूऔषध सहित १ जना पक्राउ

Spread the love

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट जितपुरतर्फ जादैं गरेको बा.२१ च ३०८५ नं. को योद्धा पिकअप गाडीलाई रोकी चालक जिल्ला धादिङ गल्दी वडा नं. ०८ बस्ने वर्ष ३१ को राम बहादुर तामाङलाई शंका लागी उक्त गाडी समेतको रितपुर्वक खानतलासी गर्ने क्रममा सो गाडीको पछाडीको भागमा लुकाई छिपाई ल्याईएको अवस्थामा ११ वटा पोकामा लागूऔषध गाँजा १२५ किलो फेला परेको हुँदा उक्त लागूऔषध बरामद गरी निज राम बहादुर तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुर का सुचना अधिकारिले बताउनु भयाे ।