मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले कारागारहरूको अनुगमन

Spread the love

मिति २०८२।४।२८
शान्ति समाजले विगत २९ वर्षदेखि नेपालका विभिन्न कारागारहरूको अनुगमन गरिरहेको छ। ⁠ राणाकालीन अवस्थामा बनेका कतिपय कारागारहरू जीर्ण भइसकेका कतिपयमा ⁠ क्षमताभन्दा तेब्बर बन्दीहरू राख्ने गरेको पाइएको थियो। ⁠ मानवीय हिसाबले पनि कतिपय कारागारहरू उपयुक्त छैनन् भनेर शान्ति समाजले बारम्वार ध्यानाकर्षण गराएको थियो ⁠

कारागार अनुगमनको अनुभवको आधारमा शान्ति समाजको धारणा छ नेपालका कैयन कारागारहरु बन्दी राख्नका लागी उपयुक्त छैनन
आज भरतपुर कारागारमा रहेका कैदि वन्दिको वारेमा शान्ति समाजले अनुगमन गरेको हो कारागार प्रसाशन प्रमुख रविन्द्र प्रसाद ढुङगानाका अनुसार आज मिति २०८२साउन २८ गते चितवन कारागारमा ७३४ कैदि वन्दि रहेको जानकारि दिनुभयो कारागारको क्षमता ६५० भएतापनि ७३४ कैदिवन्दि छन ।
जसमा सबै भन्दा धेरै लागुऔषध र जबरजस्ति करणि मुद्धाको रहेको जानकारि दिनुभयो शान्ति समाजका केन्द्रिय सदस्य शम्भु राउत शाखा सभापति पुर्ण चन्द्र चापागाई कार्यसमिति सदस्य कृति चौधरि ,सुमि गौतमको उपस्थितिमा शान्ति समाज चितवनले कारागारको अनुगमन गरेको शान्ति समाज चितवनले जनाएकाे छ ।