भरतपुर महानगरपालिका २ द्वारा अर्गानिक साबुन तथा हार्पिक,फिनेल तालिम उद्घाटन।
स्वस्ति रेग्मि भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा वडा भित्र बसोबास गर्ने नागरिकहरुलाई अर्गानिक साबुन,हरपिक, फिनेल तथा पिताम्बरी बनाउने तालिम आजदेखि सुरु गरेको छ। उद्घाटन कार्यक्रममा तालिम संयोजक वडा नं २ का वडा सदस्य उर्वशी तोलाँग गोतामे,वडा सदस्य बेलपत्र श्रेष्ठ,वडा सदस्य बलराम सिटौला,वडा सचिव सिता लम्साल, हितूषि सिपमुलक तालिम केन्मादेरका निर्देसक देवराज थपलिया,मानव अधिकार शान्ति समाज चितवनका अध्यक्ष पूर्णचन्द्र चापागाईं,प्रशिक्षक नन्दी थापा ,प्रशिक्षक स्वस्ती रेग्मी लगाएत तालिमका सहभागी हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मनोज राना भाटले सम्पूर्णलाई राम्रोसँग तालिम सिकेर व्यवहारमा लागू गर्न उत्प्रेरित गर्नुभयो। वहाँले आफ्नो टोलमा उद्योग स्थापना गरी सबैलाई स्वरोजगार बन्न आग्रह गर्नुभयो। तालिम उपलब्धिमुलक भएमा पुनः थप अन्य तालिम उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो।उद्घाटन कार्यक्रमको समापन वडा अध्यक्ष अध्यक्षतामा गरिएको थियो।