नेपाली काँग्रेस चितवनकाे सभापतिमा -राजेश्वर खनाल निर्विरोध निर्वाचित

Spread the love

नेपाली काँग्रेस १४ औं महाधिवेसनमा चितवनकाे सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्। पहिलाे चरणकाे निर्वाचनमा ५ जनाको प्रतिस्पर्धामा उत्तम जाेशिले ४७२ मत , कैलास काेईरालाले४१२ मत , मिलन बाबू श्रेस्ठले ६६२ मत ,राजेस्वर खनालले ७४६ मत ,प्रा .डा. सुर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । कसैकाे पनि ५१% मत नपुगेकाे कारणले दाेस्राे निर्वाचन गराउन पर्ने पाटिको विधानमा रहेको हुदा बढि मत ल्याउने राजेस्वर खनाल र मिलन बाबू श्रेस्ठकाे निर्वाचन गराउन निर्वाचन मन्डल ले सुरू गरिरहेकाे अवस्थामा दुबै सभापति प्रतिश्पर्धि विच छलफल गर्दै नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन निर्वाचन भन्दा पनि सर्वसहमति आवश्यक रहेकाे भन्दै सबैलाई चितवनकाे काँग्रेस १ ढिक्का छ भन्ने सन्देश दिन मिलन बाबू श्रेस्ठ बाट राजेस्वर खनाललाई निर्बिराेध निर्वाचितकाे घाेषणा गर्नु भयाे । उपसभापतिदेखि सम्पुर्ण कार्यसमितिकाे मत गणना २२ गते आईतवार १० बजे देखि जिल्ला पाटि कार्यलय कमलनगरमा शुरूहुने निर्वाचन अधिकृतले बताउनु भयाे ।