अर्किड मा वि ले एसइइ उत्कृष्ट विद्यार्थीहरूलाइ रू १ लाख प्रदान गर्ने
भरतपुर -१० स्थित अर्किड मा वि ले एसइइ -२०८० मा ४ जिपिए सहित उत्कृष्ट नतिजा दिने दुइजना विद्यार्थीहरूलाइ जनही १-१ लाख दिने घोषणा गरेको छ।विद्यालय स्थापनाको १४ औ वार्षिकोत्सब अवसरमा यहि फागुन ४ गते गर्न लागिएको अभिभावक दिवस तथा वार्षिकोत्सब समारोहमा उक्त पुरस्कार सहित ३.६ जिपिए भन्दा बढी नम्बर ल्याउने ५२ जना विद्यार्थीहरूलाइ सम्मान गर्ने भएको छ। यसगरी ज्येष्ठ अभिभावक सम्मान, र १० बर्ष भन्दा बढी समयदेखि विद्यालयमा कार्यरत १८ जना शिक्षक कर्मचारी लाई पनि सम्मान गर्ने जानकारी आज यहाँ एक समारोह विच दिइयो।
विद्यालयका सह प्राचार्य पुरुषोत्तम दुवाडिले जनाउनु भए अनुसार विद्यालयमा माघ १६ देखि माघ २८ सम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू वार्षिकोत्सबको सन्दर्भ पारी आयोजना गरिएको थियो । यस अन्तर्गत ; अन्तर स्कुल साइकल दौड प्रतियोगिता ,अन्तर विद्यालय स्कुल जुनियर हाजिर जवाफ प्रतियोगिता , अन्तर विद्यालय रेडियो प्रस्तोता प्रतियोगिता , अन्तर विद्यालय नृत्य प्रतियोगिता साथसाथै अन्तर टोल विकास संस्था महिला तथा आमा समूह स्तरिय हाजिर जवाफ प्रतियोगिता सङै प्रतिस्पर्धात्मक कार्यक्रम समापन गरिएको जानकारी दिनु भयो । अन्तिम प्रतिस्पर्धात्मक प्रतियोगितामा रूपमा अन्तर टोल विकास संस्था महिला तथा आमा समूह हाजिर जवाफ प्रतियोगितामा सप्तगण्डकी आमा समूह, दिदिबहिनी आमा समुह, सिर्जन शिल आमा समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।
