समाचार

रत्तदान कार्यक्रम सम्पन्न

Spread the love

आज मिति २०८१ साल पौष २१ गतेका दिन लायन्स क्लब अफ माडी इको, ब्लड डोनर सोसाइटी नेपाल भरतपुर महानगर कमिटी र लायन्स क्लब अफ नारायणघाट चौतारी को संयुक्त आयोजनामा माडी नगरपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष श्री माधवप्रसाद चापागाईं कि ममतामयी माता स्वर्गीय इमाकला चापागाईंको तेह्रौँ दिनको पुण्यतिथिमा आयोजित कार्यक्रम गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री अमिक शेरचनज्यूको प्रमुख आतिथ्यता, कार्यक्रम सन्चालन लायन्स क्लब अफ माडी इकोका सेक्रेटरी एवम लायन पूर्ण चन्द्र चापागाईको उद्घोशण मा स्व. इमकला चापागाईको परिवारको तर्फबाट उहाका जेश्ठ सुपुत्र, माडी नगरपालिका वडा नम्बर -४ का वडाध्यक्ष श्री माधवप्रसाद चापागाईंको अध्यक्षतामा कार्यक्रमको भएको थियो ।
विशिष्ट अतिथिहरूमा ,लायन हरि प्रसाद न्यौपाने , लायन सुभाष कुमार तिवारी लायन सागर पराजुली लगायत अन्य व्यक्तित्वहरूको सम उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयोजक Lion प्रविन
उक्त कार्यक्रममा ५१ जना रक्तदाताहरूले रगत दिनुभएको छ र उक्त ५१ जनामध्ये १२ जना पहिलोपटक रक्तदान गर्ने रक्तदाता हुनुहुन्छ।
नवगठित लायन्स क्लब अफ माडी इको, ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर नगर कमिटि र चापागाईं परिवारको संयुक्त आयोजनामा आज मिति पौष २१ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म भरतपुर–४, कटहरचोकमा रक्तदान आयोजना गरी रक्तसन्चार भरतपुर चितवनको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो ।माडी न पा -४ का वडाध्यक्ष माधव चापागाईं सहित रुक्मागत चापागाईं र शोभाखर चापागाईंका आमा ईमकला चापागाईंको गत पौष ९ गते निधन भएको थियो । रक्तदान कार्यक्रममा सहभागी रहन चापागाईं परिवारसहित माडी इको लायन्स र ब्लड डोनर्स सोसाइटीले सार्बजनिक आह्वान गरेको थियो ।

माडीसंगै चितवनमा पछिल्लो समय परिवार सदस्यको निधनको शोकमा रहेको परिवारले दिवंगत परिवार सदस्यको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक योगदान गर्ने कार्य बढ्दै गएको देख्न सकिन्छ । यसै सन्दर्भमा लायन्स क्लब अफ माडी इको, ब्लड डोनर्स सोसाइटी नेपाल, लायन्स क्लब अफ नारायणगढ चौतारी र चापागाई परिवार समेतको सम्युक्त पहल र आयोजनामा भएको उक्त बृहत रक्तदान कार्यक्रम मा प्रमुख अतिथि समेत रहनु भएको पूर्ब प्रदेश प्रमुख तथ नेपाल सरकारका पूर्ब उप प्रधानमन्त्री अ्इक शेरचनले यस्ता मानवलाई जिवन्त राख्ने सामाजिक तथा रक्तदान महादानको कार्य गरी सबै सबैले पुण्य कमाउनु पर्ने समेतको अनुरोध सहित आफ्ना मनतब्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *