लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ जना नियन्त्रणमा

Spread the love

जिल्ला चितवन भ.म.न.पा. वडा नं. २ स्थित राजमार्गमा जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले सवारी साधन रोकी सवारी चालकहरुको स्वास्थ्य परिक्षण तथा लागुपदार्थ सेवन परिक्षण गरिएकोमा निम्न सवारी चालकहरुलाई नियम बिपरित लागुपदार्थ सेवन गरेको पाईएकोमा चितवन जिल्ला अदालतबाट दिन ३ म्याद थप गरी थप अनुसन्धान भईरहेको र थप बिवरण आउन सक्ने आसाङ्का रहेकाे अनुसन्धानमा रहेकाे प्रहरि अधिकृतकाे भनाई छ ।प्रकाउ परेका चालक र सवारि समेत उल्लेख छ ।

१) जिल्ला चितवन र.न.पा. ९ बस्ने बर्ष २१ को बिपिन कुमाल, बा.प्र.०१ ०२३ च ४८२१ नं. को बोलेरो
२) जि.नवलपुर कावासोती न.पा. १ बस्ने बर्ष ३० को सुशिल पाण्डे, ना ३ ख ६९७० नं. को ट्क
३) जि. रुपन्देहि भैरहवा सिहारी गा.पा. १ बस्ने बर्ष २५ को पल्टन कुईरी, लु २ च ६९९६ नं. को बोलेरो
४) जि. धादिङ बेनिघाट रोराङ गा.पा. १० बस्ने बर्ष २३ को साजन श्रेष्ठ, बा.प्र. ०३-०७-०३ च ०७९९ नं. को बोलेरो
५) जि. चितवन भ.म.न.पा. २४ बस्ने बर्ष २७ को रणु बम्जन, बा. प्र. ३-००१ च ०६९७ नं. को योद्धा रहेकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बचाउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *