वाद्यवादन सम्बन्धी तालिम सम्पन्न

Spread the love

भरतपुर वार्ड नं २ द्वारा सञ्चालित १५ दिने मादल बजाउने तालिमको आज भरतपुर महानगरपालिका वडा नम्बर २ कै कार्यकक्षमा समापन कार्यक्रम सम्पन्न भएको छ। सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का सम्पूर्ण कार्यसमिति को उपस्थितिमा सोही कार्यक्रम सम्पन्न गरिएको थियो कार्यक्रममा कार्यक्रम संयोजक तथा भरतपुर महानगरपालिका वडा नम्बर २ का महिला वडा सदस्य बेलपत्र श्रेष्ठ ले शुभकामना मन्तव्य दिँदै सम्पूर्णलाई आफ्नो संस्कृतिको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिनुभयो । यसैगरी प्रशिक्षार्थीका तर्फबाट लक्ष्मी अधिकारीले आफ्नो मन्तव्यका क्रममा यस कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेकोले हामी सम्पूर्ण प्रशिक्षार्थीहरु निकै उत्साहका साथ सामेल भई कार्यक्रम सिकेका थियौँ भनि आफ्नो सन्तुष्टि व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा प्रशिक्षक सीता सिग्देलज्यूले आफूले सिकाएको हरेक कुरा राम्रोसँग सफलतापूर्वक सम्पन्न भएकोले सबैमा शुभकामना दिनुभयो। त्यसैगरी यस कार्यक्रमका सञ्चालक तथा व्यवस्थापक जनतासेवा सिपमूलक तालिम केन्द्रका अध्यक्ष देवराज थपलिया ले सबैमा शुभकामना दिँदै आगामी दिनमा अझै प्रगति गर्न सुझाव समेत दिनुभयो। यस कार्यक्रमका आयोजक भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज रानाभाट ले आजसम्म धेरै सीपमूलक तालिमहरू सञ्चालन गरेकोमा यस कार्यक्रम सबैभन्दा उत्कृष्ट रहेको र आगामी दिनमा अझै राम्रा कार्यक्रमहरू ल्याउने प्रयास गर्ने र सबैजनतालाई मिल्दोजुल्दो कार्यक्रम ल्याई संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथसाथै उहाँले सबै सबैमा शुभकामना दिँदै आजको समापन कार्यक्रममा उत्कृष्ट हुनुहुने दुई जना प्रशिक्षार्थीहरुलाई एक एकवटा मादल पुरस्कार प्रदान गर्नुभयो। जनता सेवा सिपमूलक तालिम केन्द्रले पनि आफ्नो तर्फबाट उत्कृष्ट प्रशिक्षार्थीलाई एकवटा मादल पुरस्कार सहित प्रदान गरेको थियो। कार्यक्रम सुरुदेखि अन्त्यसम्म असाध्यै उत्साहपूर्ण तरिकाले सञ्चालित थियो। यस कार्यक्रममा चितवन जिल्लाका गायककार केशव वगाले ले अत्यन्तै मार्मिक तथा मन छुने केही गीतहरू गाएर सबैलाई नतमस्तक बनाइदिनुभयो। कार्यक्रममा वडाध्यक्ष मनोज रानाभाटले सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दै जनता सेवा सिपमूलक तालिम केन्द्रलाई आगामी दिनमा यसैगरी हरेक कार्यक्रम उत्कृष्ट तरिकाले सञ्चालन गर्न सल्लाह सुझाव दिँदै उहाँकै अध्यक्षतामा आजको कार्यक्रम समापन भएको थियो। कार्यक्रम सञ्चालक वडा सचिव सीता लम्साल रहनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *