एडभान्स ब्युटिसियन तालिम सम्पन्न

Spread the love

भरतपुर महानगरपालिका वार्ड नम्बर १० द्वारा आयोजना गरिएको सफल भविष्य प्रा. लि. मा सञ्चालित तीन महिने एडभान्स ब्युटिसियन तालिमको समापन गर्नु हुदै प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालज्यूले तालिमका सहभागीहरूलाई तालिम सफलता पुर्वक सिकेकोमा धन्यवाद दिनुका साथै सिकेको सिपलाई व्यवहारमा लैजान सके गरिबी निवारका साथै स्वदेशमा र विदेशमा समेत रोजगारी मिली बेरोजगार समस्या हल साथै सानाे लगानिले धेरै कमाई हुने पेसा रहेकाे बताउनुभयो । भरतपुर महानगरपालिका वार्ड नं १० लाई उद्योग मैत्री वडा बनाउन वार्ड नम्बर १० टिम लागेको बताउनुभयो । नयाँ युवा टिम आएदेखि डुबानको समस्याको लागि ढल बनाई समस्या समाधान भएको बताउनु भयो।गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूमा भवन निर्माण, शिक्षक दरबन्दी थप गरी पटकपटकको अनुगमन अनुमान गरी शिक्षाको गुणस्तर वृद्धि भएको स्थानीयहरू बताउँछन्। वडा नं १० को नागरिकहरूको लागि स्वास्थ्यमा पहुँच पुर्याउन चितवन मेडिकल कलेज मा ५०% छुटको व्यवस्था गरेको बताउनुभयो । सार्वजनिक जग्गा संरक्षण गरि पार्क निर्माण र नमुना नारायणी माविमा अध्ययन गर्ने अति विपन्न नागरिकको लागि भर्नाको लागि व्यवस्था गरेको बताउनुभयो। युवा स्वरोजगारलाई उच्च प्राथमिकता राखी व्यवसायीक सीप र उद्दमशीलता तालिम लाई उच्च प्राथमिकता दिँदै बेरोजगार समस्या हल गर्न वार्ड नम्बर १० लागि परेको बताउनुभयो। वार्ड नम्बर १० लाई खेलमैदान र खेलकुद मैत्री वडा बनाउने बताउनुभयो । वडा नम्बर १०ले स्वास्थ्य शिक्षा बाटो ढल उद्योग लाई उच्च प्राथमिकतामा राखी वार्ड नम्बर १०मा बसोबास गर्ने नागरिकको सेवामा रातदिन लागि परेको बताउनुभयो । शान्ति सुरक्षालाई ध्यानमा राखी पोलपोलमा बिजुली बत्ती राख्ने र संवेदनशील ठाउँमा क्यामरा जडान गरेको बताउनुभयो । वडा सदस्य सूर्य बदना हमालले तालिमका सहभागी हरूलाई शुभकामना दिनुहुँदै शिप अनुसारको पेशामा लाग्न अनुरोध गर्नुभयो। वडा सदस्य पार्वती नेपालीले सिकेको शिपलाई व्यवहारमा लागु गरे बेरोजगार समस्या हल हुने बताउनुभयो। वडा सचिव पदमप्रसाद अधिकारीले तालिमका सहभागीहरूलाई शुभकामना दिनुहुँदै सिकेको सिपलाई व्यवसायमा लगानी गर्न अनुरोध गर्नुभयो। एडभान्स ब्युटिसियनको तीन महिना चलेको तालिममा प्रशिक्षक संगीता आचार्य अर्याल र स्वस्ति रेग्मी ले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको समापन सफल भविष्यका अध्यक्ष देवराज थपलियाको अध्यक्षतामा सम्पन्न भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *