समस्या बुझ्न कांग्रेस १०० दिन जनताको घर घरमा

Spread the love

नेपाली कांग्रेस चितवन का सभापति राजेश्वर खनालले पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस १०० दिने विशेष अभियान का लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आउनुभएको बताउनुभयो। केन्द्रीय सदस्य मधु आचार्यले जिल्ला सभापतिसँग परामर्श गरी विशेष अभियानको लागि भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका ,कालिका नगरपालिका, खैरहनि नगरपालिका ,राप्ती नगरपालिका, इच्छाकामना गाउँपालिकाका कार्यसमितिका सभापति ,महाधिवेशन, महासमिति सदस्यलाई अनिवार्य रुपमा बोलाई महानगरपालिका, नगरपालिका, गाउँपालिका सम्पूर्ण वडाहरूमा प्रतिनिधि खटाउँदा महाधिवेशन प्रतिनिधि महासमिति सदस्य जिल्ला स्थित पार्टीका नेताहरूलाई खटाउने र जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको वार्षिक तय गर्न लगाई जिल्ला सम्मेलन गरिसक्ने गरी पूर्ण मातहमा सबै तहका सम्मेलनको सम्भावित समय तालिका बनाई सम्मेलनको सुनिश्चित गर्नको लागि प्रतिनिधि खटाउने बताउनुभयो । प्रतिनिधिले गर्नुपर्ने कार्यको पत्रकार सम्मेलन मार्फतै खुलाउनु भयो। संगठन अवस्था सदस्यता बैठक सम्मेलन कार्यतालिकामा जनप्रतिनिधि समन्वय संयन्त्र लगायत विषयमा जानकारी एवं समसामयिक मुद्दा, महासमिति बैठकमा पारित विषय, सरकार गठन लगायत पार्टीले लिएका अडान सरोकारका विषयमा पार्टीले अभिलम्ब गर्नु पर्ने बिषय लाई वडा र गाउँपालिका खटिने प्रतिनिधि ले गाउँपालिका ,नगरपालिका ,महानगरपालिका कार्यसमिति नियमित बैठक राखि कार्यसमितिको वार्षिक कार्यतालिका बनाई विधान बमोजिम अनिवार्य रुपमा संगठनिक र सामाजिक अभियान समावेश गरी वडा तहको अभिलेख चुस्त राख्न लगाई संघर्षको बेला पार्टी वा योगदान गरेका अग्रज सहिद परिवार द्वन्द पीडित ,प्रजातन्त्र सेनानी ,विस्थापित परिवार लगायतको अभिलेख राख्न लगाउने लगायत पार्टीले जितेका वडाहरूमा गरेका सकारात्मक कामको जनता सामु पुर्‍याउनको लागि विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। पार्टी लोकतान्त्रिक आन्दोलनका विगतका योगदानमा भएका अग्रज नेताहरूको घर आँगनमै पुगेर परिवारलाई श्रद्धा सम्मान प्रकट गर्ने र क्रियाशील सदस्य कार्ड पुगे नपुगेको, वितरण भएको नभएको सबै अवस्था विश्लेषण गरी अगाडि बढाउनको लागि निर्देशन दिने बताउनुभयो । पार्टीका रिक्त पदहरू पदपूर्ति गर्ने ,स्थानीय तह समन्वय र सहजी करण गर्ने, विभिन्न कार्यको लागि समुन्द्र बनाई कार्य गर्ने, समसामयिक विषयमा तहगत कार्यसमिति र पार्टी सदस्यलाई सुशीचित गर्ने र १०० दिन फागुन ७ गते प्रजातन्त्र दिवसको दिन अभियानको प्रतिवेदन तयार गरी कार्यार्थको लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय लैजाने बताउनुभयो। पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सूचना विभाग ज्ञानेन्द्र गिरी, बागमती प्रदेश माननीय माया श्रेष्ठ ,नेपाली कांग्रेस जिल्ला उपसभापति राजीव न्यौपाने ,नेपाली कांग्रेस जिल्ला उपसभापति शालिग्राम पौडेल ,पाटि सचिव ध्रुव पाेख्रेल ,गोपाल दराई ,शारदा शर्मा र चितवन जिल्ला प्रेस युनियनका अध्यक्ष अनिल ढकाल पत्रकार सम्मेलनमा सहभागी हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *