नारायणघाट बुटवल सडक कहिले बन्ला त ?
सडक विस्तारको जिम्मेवारी पाएको चाइना नेस्ट कम्पनीले काममा ढिलाई गर्दा चालक ,यात्रु ,सडक किनारका बस्तीका बासिन्दाले सास्ति खेप्नु परेको यथार्थ छ । सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको अवस्था अस्तव्यस्त रहनले यात्रा गर्ने यात्रीहरूले तथा सडक छिमेकीहरूले समेत सास्ति खेप्नु परेको पत्रमा लेखिएको छ। निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित जिम्मेवारी पक्षलाई कडा निर्देशन होस्। सडक विस्तारको जिम्मा चिनिया ठेकेदारले लिएको छ तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमण जानु अघि प्रतिनिधि सभा सदस्य ,सम्बन्धित जिल्ला समन्वय समितिका प्रमुख र नगरपालिका टोलीले ध्यान आकर्षण पत्र बुझाएको छ । ध्यान आकर्षण पत्र पश्चिम नवलपरासीका जिल्ला समिति प्रमुख भगवती यादव रुदलले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए। प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी ,भौतिक मन्त्रालयका सचिव केशव शर्मा समेत सहभागी थिए। भौतिक पूर्वाधारमन्त्रीले पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनिले काम गर्न नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराएका थिए। कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो। हालसम्म ४४% भुक्तान भइसकेको र ५२% काम भएको जनाएको छ।